युनाईटेड मोदीले १०० प्रतिशत हकप्रद जारी गर्ने

  २०८० मंसिर १४ गते १२:१८     विकासन्युज

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । मंसिर १३ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नियमनकारी निकाय विद्युत नियमन आयोगले स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा उक्त सेयर जारी गरिने व्यवस्था छ ।

हाल हाइड्रोको चुक्ता पुँजी एक अर्ब २३ करोड ५ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.