रत्ननगरका विद्यार्थीलाई नेपाल ल्युब आयलको छात्रवृति

  २०८० मंसिर १४ गते १२:०५     विकासन्युज

काठमाडौं । रत्ननगरका विद्यार्थीलाई नेपाल ल्युब आयलले छात्रवृति प्रदान गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागी आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको एक लाख पन्ध्र हजार तिन सय रुपैयाँ बराबरको चेक हस्तानान्न्तरण गरिएको हो ।

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । बि.सि. अटोवर्कशप नाममा आफ्नै वर्कशप संचालन गरेको दिवंगत विक्रम चौधर, एक कर्मठ र दक्ष अटो मेकानिक रुपमा परिचित थिए ।

रत्ननगरको शिवकृपा अटोपार्टस सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका मार्केटिंग मेनेजर पुर्णिमा गौतम, चितवनका लागी नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कंडेल, नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, नेपाल अटो मेकानिकल व्यवसायी संघका महासचिव टिकादत्त अधिकारी लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तानान्न्तरण गरेका हुन् ।

नेपाल ल्युब आयलका महाप्रबन्धक गंगा राज भट्टराईले भने,’हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौं। त्यसैले हाम्रा अटो मेकानिक र उहाहरुका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र यो जिम्मेवारी हामीले भविष्यमा पनि निर्वाह गर्नेछौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.