लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

  २०८० मंसिर १४ गते ११:४३     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो ।

उक्त सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

त्यस्तै, सभाको मिति तय गरिसकेको कम्पनीले बुक क्लोजको हालसम्म मिति तय गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.