एनएमबि बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

<p>काठमाडौं । एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यससँगै बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८०को लाभांश नपाउने भएका छन् । बैंकको बुधबार बसेको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यससँगै बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८०को लाभांश नपाउने भएका छन् । बैंकको बुधबार बसेको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

बैंकले विगतका वर्षहरुमा नियमित रुपमा लाभांश दिँदै आएको थियो । यसअघि पनि अर्थात आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News