एक कम्पनीले घोषणा गर्याे ३१०.५३ प्रतिशत लाभांश

<p>काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा पुस ५ गते होटल याक एण्ड यति काठमाडौंमा दिउँसो ४ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा पुस ५ गते होटल याक एण्ड यति काठमाडौंमा दिउँसो ४ बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५.५३ प्रतिशत नगद गरी कूल ३१०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीप्रति अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न हाल कायम सेयरधनीहरुका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेट्ने उद्देश्यले सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुका साथै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघका लागि जारी पूँजीको प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बिक्री गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

स्वतन्त्र सञ्चालक अनिल शर्मा र सञ्चालक राजेश कुमार पाण्डाको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभाले कम्पनीका सञ्चालकको बैठक भत्तामा समयानुकुल हेरफेर गर्नेछ ।

Share News