काठमाडौं । विद्युतीय सवारी साधन उत्पादित कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो शोमा शुभारम्भ र प्रदर्शनपश्चात् सेरेसले नेपाली बजारबाट औपचारिक डेलिभरी सुरु गरेको हो ।
सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ । यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ जसले यसलाई साँघुरा शहरी इलाकाहरूमा नेभिगेट गर्नको लागि एक विकल्पको रूपमा उभ्याइएको कम्पनीले जानकारी गराएको छ ।
सेरेसले सन् २०२३ मा विश्वकै सबैभन्दा छिटो गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको कम्पनीको भनाई छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिवद्धता रहेको कम्पनीले जानकारी गराएको छ ।
सेरेसको बारेमा :
सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ स्थान बनेको छ ।
सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिवद्धता प्रदर्शन गर्दछ ।
नेपालमा सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध छन् । जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।
सेरेस मिनी ईभी तीन भेरियन्टमा छ । लो ट्रिम-१८० किमी बेस अप्सन, मिड ट्रिम-१८० किमी फुल अप्सन, र टप ट्रिम-२२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेका छन् ।