अल्फाबिटाले मनायो ‘क्यानडा एजुकेसन डे’, एकैदिन पाँच सय विद्यार्थीले लिए परामर्श

  २०८० मंसिर १३ गते १८:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको चाप बढ्न थालेको छ । यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको अलफाबिटाले ‘क्यानडा एजुकेसन डे’ मनाएको छ ।

बुधबार भएको उक्त एजुकेशन डेमा क्यानडाका १५ वटा प्रख्यात विश्वविद्यालयका प्रतिनिधिहरुले नेपाली विद्यार्थीहरुलाई परामर्श दिएका छन् । उनीहरुले क्यानडाको शैक्षिक अवस्था, अवसर र लागतबारे विद्यार्थीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा पाँच सय विद्यार्थीहरुले क्यानडाको शैक्षिक अवस्थाबारे परामर्श लिएका छन् । प्लसटु पास गरिसकेका र बिदेशमा गएर पढ्न चाहने नेपाली विद्यार्थीहरुले क्यानडाबाट आएका प्रतिनिधिहरुसँग भेटेर त्यहाँको शिक्षण विधि र विषयका बारेमा चासो राखेको अल्फाबिटाले जनाएको छ ।

बुधबारनै ५० प्रतिशत छुटसहित क्यानडा उच्च आयोगका अधिकारीहरुबाट अध्ययन अनुमति प्रक्रियाको बारेमा जानकारी लिएको अल्फाबिटाका सीईओ द्धिराज शर्माले बताए । शर्माका अनुसार अध्ययनको सिलसिलामा क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ ।

पहिले क्यानडा सरकाले नेपाली विद्यार्थीलाई आफ्नो देशमा पढाइको अनुमति दिएको थिएन । अहिले क्यानडामै १५, २० हजार विद्यार्थी अध्ययन गरिरहेका छन्, उनले भने- ‘बाहिर पढ्न जाने विद्यार्थीमा शैक्षिकज्ञान त हुने नै भयो त्योभन्दा अरु बाह्य ज्ञान पनि हुन्छ । ’

त्यस्तै, अल्फाबिटाले तीन तीन महिनाको फरकमा नेपालमा क्यानडा एजुकेसन डे मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.