१९०० बिन्दुबाट तल झर्यो नेप्से परिसूचक, अधिकांश सूचक राताम्मे

<p>काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९४ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार एक अर्ब २८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार एक अर्ब एक करोडमा खुम्चिएको छ । [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९४ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार एक अर्ब २८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार एक अर्ब एक करोडमा खुम्चिएको छ ।

बजारमा सोनापुर मिनरल्स एण्ड आयलको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ५.७० रुपैयाँले घटेर प्रतिकित्ता २९५.५० रुपैयाँमा झरेको छ ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ६५७ रुपैयाँ पुगेको छ ।

यता सबैभन्दा बढी सेयर मूल्य घट्नेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५५.४० रुपैयाँमा झरेको छ ।

त्यस्तै, बुधबारको बजारमा अन्य समूह बाहेक बाँकी सबै समूह राताम्मे भएका छन् ।

Share News