नेपालबाट बाहिरिँदै आजियाटा, एनसेल बिक्रीमा

<p>काठमाडौं । मलेसियाको आजियाटा कम्पनीले नेपालबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालबाट बाहिरिने घोषणा गरेको हो । नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको विज्ञप्तिमा भनिएको छ । ‘नेपालको परिप्रेक्ष्य चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो, तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ,’ [&hellip;]</p>

काठमाडौं । मलेसियाको आजियाटा कम्पनीले नेपालबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको परिप्रेक्ष्य चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो, तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आजियाटासँग एनसेलको ८० प्रतिशत सेयर रहेको छ ।

त्यस्तै, यो निर्णयले कम्पनीको सबै सेयरधनीको दीर्घकालीन हितमा रहेको आजियाटाले जनाएको छ । यससँगै कम्पनीले आफ्नो रणनीतिक प्राथमिकताहरू सजिलै पुरा गर्न सक्ने समेत बताइएको छ ।

Share News