काठमाडौं । बुधबारको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार समय थप गरिएको छ । बुधबार नियमित समयभन्दा २४ मिनेट ढिलो बजार खुलेकाले अब दिउँसो ३ बजेर २४ मिनेटसम्म कारोबार सुचारु हुने छ । नियमित ११ बजे खुल्ने बजार बुधबार भने बिहान ११ बजेर २४ मिनेटमा खुलेको हो ।
विद्युत आपूर्तिमा समयस्या भएपछि कारोबार खुल्न ढिलो भएको नेप्सेले जानकारी गराएको थियो ।