चांगानले थाइल्याण्डमा एकैचोटी संचालनमा ल्यायो तीन कम्पनी

<p>काठमाडौं ।  चिनियाँ अटोमोबाइल कम्पनी चांगानले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूआत गरेको छ। चांगानले सोमबार बैंकमा दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयलाई सेवा दिन एकैपटक तीन कम्पनी संचालनमा ल्याएको हो । कम्पनीले चांगान अटोमोबाइल दक्षिणपूर्व एशिया, चांगान थाईल्याण्ड सेल्स र चांगान थाईल्याण्ड पार्ट्सको स्थापना गरेको हो। कम्पनीले थाईल्याण्डमा नवीन ऊर्जामा आधारित सवारी उत्पादन गर्न [&hellip;]</p>

काठमाडौं ।  चिनियाँ अटोमोबाइल कम्पनी चांगानले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूआत गरेको छ।

चांगानले सोमबार बैंकमा दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयलाई सेवा दिन एकैपटक तीन कम्पनी संचालनमा ल्याएको हो । कम्पनीले चांगान अटोमोबाइल दक्षिणपूर्व एशिया, चांगान थाईल्याण्ड सेल्स र चांगान थाईल्याण्ड पार्ट्सको स्थापना गरेको हो।

कम्पनीले थाईल्याण्डमा नवीन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि सुरू गरेको छ। प्रेस कन्फ्रेन्सका  क्रममा चांगनले दक्षिणपूर्व एशियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी गराउँदै ‘व्यापार प्लस आधार’ रणनीतिमा जोड दिने र उत्कृष्ट उत्पादन ब्रान्डहरू डीपल, अवतार र नेभोको बारेमा जानकारी गराएको थियो ।

कम्पनीले थाइल्याण्डका अग्रणी वितरण साझेदारहरूसँग सहकार्य गर्ने, ‘नम्बर वान प्रोजेक्ट’को थाई संस्करण सुरू गर्ने, प्रयोगकर्ता सेवाहरू बढाउने र ईएसजी निर्माणलाई सुदृढ गर्दै औद्योगिक विकासमा योगदान गर्ने लक्ष्य राखेको छ।

चांगान अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकास सँगै जाने बताए । उक्त कार्यक्रममा कम्पनीद्वारा दुईवटा इभीहरू डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरिएको थियो । यी दुई गाडीहरू प्रिअर्डरका लागि उपलब्ध छन् । तर, आधिकारिक रुपमा भने आज थाइल्याण्ड अटो शोमा लन्च हुँदैछ ।

 

Share News