काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट खुलेको छैन । विद्युत आपूर्ति नहुँदा बिहानैदेखि बजार सञ्चालक नेप्सेको सिष्टम चल्न नसकेको हो ।
जसले गर्दा प्रि ओपन सेसनदेखि नै अहिले नियमित सत्रको सेयर कारोबार भएको छैन ।
विद्युत आपूर्तिमा समस्या देखिएपछि सिस्टम अवरुद्ध भएको स्रोतले जानकारी गराएको छ । जसको समाधानको लागि भने प्रयास भइरहेको ती अधिकारीले विकासन्युजसँग भने ।
‘आज बिहानैदेखि विद्युत आपूर्तिमा समस्या देखिइरहेको छ, जसको समाधानको लागि अहिले प्राविधिक टोली खटिइरहेका छन्,’ उनले भने ।
यससँगै बुधबारको सेयर बजार नियमित समय भन्दा थप समयसम्म खेल्ने छ । हालको समस्या समाधान भएपछि बजार खुल्ने र रोकिएको समयावधि थपेर कारोबार सुचारु हुने समेत उनले जानकारी गराए ।