सामाजिक सुरक्षा कोषद्वारा सिप्रदी ट्रेडिङ सम्मानित

<p>काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको ५ वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरुमध्ये आर्थिक वर्ष २०७९÷८०मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ उत्कृष्ट हुन [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको ५ वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरुमध्ये आर्थिक वर्ष २०७९÷८०मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ उत्कृष्ट हुन सफल भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

Share News