२०८० मंसिर ५ गते १६:४६ विकासन्युज
काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले न्यायाधीश सिफारिस गरेको हो । परिषदले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानून व्यवसायीलाई न्यायाधीशमा सिफारिस गरेको छ ।
सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतको न्याधीशबाट सिफारिस भएका छन् । त्यस्तै, कानून व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । ६ जनाको नाम सिफारिस गरेपछि पनि अझै एकजना न्यायाधीशको स्थान रिक्त रहेको छ ।
परिषदले प्रस्तावित गरेका व्यक्तिहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् । हाल सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश रिक्त रहेको अवस्था छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.