दुर्गा प्रसाईंजस्ता अराजकहरूलाई छुट दिन सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

<p>काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंजस्ता अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट नदिने बताएका छन् । अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले केही समूह ऋण मिनाह तथा ब्याज छुटको विषयमा अराजकता फैलाइरहेको बताउँदै त्यस्तालाई सरकारले छट नदिने धारणा राखेका हुन् । उनले कसैले पनि बैंकको सावाँ ब्याज तिर्दिन भन्न नमिल्ने बताएका [&hellip;]</p>

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्गा प्रसाईंजस्ता अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट नदिने बताएका छन् ।

अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले केही समूह ऋण मिनाह तथा ब्याज छुटको विषयमा अराजकता फैलाइरहेको बताउँदै त्यस्तालाई सरकारले छट नदिने धारणा राखेका हुन् ।

उनले कसैले पनि बैंकको सावाँ ब्याज तिर्दिन भन्न नमिल्ने बताएका छन् । उनले सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने पनि बताएका छन् ।

उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि अर्थतन्त्र अझै दबाबमुक्त नभएको धारणा राखे ।

Share News