२०८० मंसिर ५ गते १५:५७ विकासन्युज
काठमाडौं । निर्माण क्षेत्रमा निकै विवादित बनेको पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा भएको कार्यक्रममा खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएर गरेका ठूला आयोजनाहरुका काम विवादित रहँदै आएका छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका रौनियार पप्पु कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बित भएका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.