प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीचमा अर्थतन्त्रको विषयमा छलफल

  २०८० मंसिर ५ गते १५:३९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको समसामयिक अवस्था र अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । अहिले प्रधानमन्त्री कार्यालय सिंहदरसबारमा उक्त छलफल चलिरहेको छ ।

हिजो सोमबार प्रधानमन्त्रीले राखेको छलफलमा अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना विचारहरू राखेका थिए । आजको छलफलमा विभिन्न मन्त्रालय, सरकारका अंगहरु र निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरु सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.