२०८० मंसिर ५ गते १४:५८ विकासन्युज
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतिघरदेखि बानेश्वरसम्म ३० दिनका लागि लागू गरेको निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले शान्तिपूर्णरूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्ने गरी निषेधाज्ञाको निर्णय गरिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।
सर्वोच्चले रिट निवेदनको विषयमा बुधबारका लागि पेसी तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र ३० दिनका लागि निषेधित क्षेत्र तोकेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.