कात्तिकेघाट जोड्ने पक्की पुलको काम ७० प्रतिशत सकियो, यही वर्ष सञ्चालनमा आउने

<p>काठमाडौं । भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माणाधीन कात्तिकेघाट जोड्ने पक्की पुलको ७० प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीले बीएलटी कन्स्ट्रक्सनले पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको बताएको हो । बीएलटी कन्स्ट्रक्सनका सञ्चालक तथा आयोजना प्रमुख तीर्थराम खड्काले हाल पुल निर्माण कार्य तीव्ररूपमा भइरहेको जानकारी दिए । उनका अनुसार तीनवटा स्पाममध्ये [&hellip;]</p>

काठमाडौं । भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माणाधीन कात्तिकेघाट जोड्ने पक्की पुलको ७० प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीले बीएलटी कन्स्ट्रक्सनले पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको बताएको हो ।

बीएलटी कन्स्ट्रक्सनका सञ्चालक तथा आयोजना प्रमुख तीर्थराम खड्काले हाल पुल निर्माण कार्य तीव्ररूपमा भइरहेको जानकारी दिए । उनका अनुसार तीनवटा स्पाममध्ये पुलको पहिलो स्पाममा ढलान गर्ने तयारी भइरहेको छ ।

‘हामीले मंसिरको २२/२५ गतेसम्ममा पहिलो स्पामको ढलान गरेर सक्छौं, दोस्रो ढलान पुषभित्र सम्पन्न गर्ने योजना बनाएका छौं,’ खड्काले विकासन्युजसँग भने । दोस्रो ढलान सम्पन्न गरेपश्चात् नदीलाई ढलान भइसकेको ठाउँतर्फ मोडी तेस्रो स्पामको ढलान गर्ने योजना ठेक्दार कम्पनीले बनाएका छ ।

चैत्रभित्रमा उक्त ढलानको काम पनि सक्ने लक्ष्य लिएको खड्काले जानकारी दिए । ‘पुल ढलानको काम सम्पन्न गरेपश्चात् फिनिसिङको काम बाँकी रहन्छ, ढलानको काम सकेर फिनिसिङको काम केही महिनाभित्रै अगाडि बढाउँछौं,’ उनले भने ।

खड्काले पुलको सम्पूर्ण काम सकेपछि चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिमबाट पुल सञ्चालनमा आउने बताए । ‘अरुणमा बर्खाको समयमा बाढी आउँछ, त्यसले काममा पनि बाधा पुर्‍याउँछ,’ उनले भने, ‘प्राकृतिक समस्या नआए र निरन्तर काम गर्न पायौं भने यही आर्थिक वर्षमा पुललाई सञ्चालनमा ल्याउने छौं ।’

ठेकेदार कम्पनीले उक्त पुलको ठेक्का आर्थिक वर्ष २०७२/०७३ मा १६ करोड ४५ लाख रुपैयाँमा पाएको थियो । ठेक्का पाएको एक वर्षपछि पुलको डिजाइन स्वीकृत गरी पुलको काम गर्न सुरु गरिएको थियो ।

खड्काले जसमध्ये ७ करोड रुपैयाँ भने भुक्तानी भइसकेको बताउँदै पुल निर्माणमा करिब १४ करोड रुपैयाँ खर्च भइसकेको पनि बताए । पुल निर्माण कार्य लामो समय रोकिँदा भौतिक प्रगति भने उत्साहजनक नभएको हो । तथापि, अब भने पुल निर्माण कार्यले गति लिएको खड्काकाे भनाइ छ ।

‘पुलको पिल्लर राख्ने बेलामा पायलमा समय बिताउनुपर्यो, त्यसको लागि ठूलो खर्च पनि भयो, अरुण नदीभित्रको कडा ढुङ्गा अनि हामीसँग भएको मेसिनले काम नगरेर अर्को मेसिन मगाउँदा ढिला भएको हो,’ खड्काले भने ।

खड्काले काम ढिला भए पनि अहिले भने पुलको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । उक्त पुल निर्माण भएपश्चात् आवत जावतमा  सहज हुनुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा लिइएको छ ।

Share News