१० दिनपछि खुलेको सेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

<p>काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । तिहार तथा छठपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १ हजार ८ सय ५३.४८ बिन्दुमा पुगेको छ । आज सेयर बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । आज [&hellip;]</p>

काठमाडौं । १० दिनपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । तिहार तथा छठपछि सोमबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३९ अंकले बढ्दै १ हजार ८ सय ५३.४८ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ । आज ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो ।

आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।

डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

Share News