सिप्रदीले भूकम्प पीडितलाई गर्‍यो ५५ लाखको राहत वितरण

  २०८० मंसिर ४ गते १०:११     विकासन्युज

काठमाडौं । सिप्रदीले जाजरकोट र रूकुमपश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्था, टाटाट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त पहलमा यही कार्तिक २६ गते प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो ।

तिहारमालक्ष्मीपुजाको दिन संस्थाको प्रतिनिधित्वगर्दै सिप्रदीका७जनाकर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतकाअन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धितकार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाटझन्डै १,२०० घर परिवारका ४,८०० जनाभूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार भूकम्पका कारणआफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थापन भएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था,टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्तप्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरिएको हो ।

अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरिएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्ने उपाध्यक्ष दाहालले प्रतिबद्धता जनाए ।

रुकुम आठविसकोटका नगर प्रमुख रबि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्पप्रभावित यस नगरपालिकाजनताको लागिसिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको बताए ।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु पछि सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनःर्निमार्ण  गरी हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.