२०८० मंसिर ३ गते २१:३८ विकासन्युज
काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । आइतबार भारतमा भएको खेलमा अष्ट्रलेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।
भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा २४१ रन बनाएर जित हात पारेको हो । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरे ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.