यी हुन् भारतका करोडौं कमाउने १५ क्रिकेटर

  २०८० मंसिर ३ गते १६:०६     विकासन्युज

एजेन्सी । विश्व क्रिकेट खेल जगतमा भारतको नाम सधैं शीर्ष स्थानमै आउने गर्छ । विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि पनि हासिल गरिसकेको छ । आइतबार पनि अष्ट्रेलियासँग विश्वकपको ट्रफी उचाल्ने रणनीतिका साथ खेल खेलिरहेको छ । भारतमा क्रिकेटकाे क्रेज यतिविधि छ कि प्रत्येक मानिसले यो खेलबारे चासो राख्छन् । भारतीय क्रिकेटमा ठूलो धनराशी खर्च हुने गर्छ भने क्रिकेट खेलाडीले करोडौं पारिश्रमिक पाउने गर्छन् ।

क्रिकेटका नामुद खेलाडीहरू विभिन्न व्यापारिक विज्ञापनमा पनि देखिने गर्छन्, जसबाट उनीहरूले करोडौं आम्दानी गरिरहेका छन् । त्यसबाहेक भारत क्रिकेट काउन्सिल (बीसीसीआई) ले उनीहरूलाई वार्षिक, सिजन र प्रत्येक खेलका लागि छुट्टाछुट्टै गरी करोडौं पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । भारतीय क्रिकेटका १५ महँगा खेलाडीबारे यहाँ चर्चा गरिएको छ :

१. रोहित शर्मा

भारतीय क्रिकेट कप्तान रोहित शर्मा श्रेणीमा सबैभन्दा माथि छन् । रोहितलाई वार्षिक अनुबन्धका लागि ७ करोड भारतीय रूपैयाँ र प्रतिम्याच फिसको ५० प्रतिशत बोनस पनि दिइन्छ । उनी भारतीय क्रिकेट खेलाडीमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन् । रोहितले आईपीएलमा प्रतिसिजन १६ करोड पाउँछन् ।

२. विराट कोहली

भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली धनी क्रिकेटरमध्ये दोस्रो नम्बरमा पर्छन् । उनले अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु पाउँछन् । उनलाई आरसीबीबाट प्रतिसिजन १५ करोड भारु प्राप्त हुन्छ ।

३. जसप्रित बुम्राह

दायाँ हातका फास्ट बलर जसप्रित बुम्राहको बीसीसीआईले प्रिमियम क्रिकेटमा ए प्लस श्रेणीमा राखेको छ । उनलाई ७ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा उनले एमआईबाट १२ करोड लिन्छन् ।

४. रवीन्द्र जडेजा

क्रिकेट स्टार अलराउन्डर रवीन्द्र जडेजा क्रिकेटका तीन फर्म्याटका हिस्सा हुन् । बीसीसीआईले उनलाई प्रिमियर क्रिकेटमा ए श्रेणीमा राखेको छ । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु लिन्छन् । उनले आईपीएलमा चेन्नई सुपरकिङ्सबाट प्रतिसिजन १६ करोड भारु लिन्छन् ।

५. मोहम्मद समी

क्रिकेटर मोहम्मद समी ग्रेड ए श्रेणीका एकमात्र बलर हुन् । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ५ करोड भारु दिइन्छ । उनले आईपीएलमा गुजरात राइडर्सबाट ६.२५ करोड भारु प्राप्त गर्छन् ।

६. हार्दिक पाण्डेय

अलराउन्डर हार्दिक पाण्डेय ग्रेड ए श्रेणीका हिस्सा हुन् । उनलाई वार्षिक ५ करोड भारु अनुबन्ध तथा म्याच फिसका रूपमा दिइन्छ । हार्दिकले प्रतिम्याच ६ लाख र ३ लाख पाउँछन् । आईपीएलमा उनले प्रतिसिजन १५ करोड रुपैयाँ लिन्छन् ।

७. रविचन्द्र अश्विन

भारतका प्रमुख ट्रेनर रविचन्द्र अश्विनलाई बीसीसीआईले ग्रेड एमा राखेको छ । उनलाई वार्षिक ५ करोड म्याच फिस र अनुबन्धका लागि दिइन्छ । उनलाई प्रतिटेस्ट म्याचका लागि १५ लाख दिइन्छ । उनी आईपीएलमा राजस्थान रोयल्सबाट हरेक सिजन ५ करोड भारु लिन्छन् ।

८. सूर्यकुमार यादव

क्रिकेटर सूर्यकुमार यादव वर्तमानमा भारतका सबैभन्दा राम्रा ब्याट्सम्यान हुन् । उनलाई टी ट्वान्टी फर्म्याटमा ग्रेड बीमा राखिएको छ । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ३ करोड भारु दिइन्छ । मुम्बई इन्डियन्सबाट उनले प्रतिसिजन ८ करोड भारु लिन्छन् ।

९. केएल राहुल

भारतीय क्रिकेटका पूर्वउपकप्तान केएल राहुल २०२२ मा ग्रेड एका हिस्सा बनेका थिए । पछिल्लो समय उनको निराशाजनक प्रदर्शनका कारण ग्रेड बी श्रेणीमा राख्ने निर्णय गरिएको छ । उनी क्रिकेटका तीनै फम्र्याटका हिस्सा छन् । राहुललाई आईपीएलमा सिजनका रूपमा १७ करोड भारु दिइन्छ ।

१०. श्रेयस ऐयर

बलर श्रेयस ऐयर क्रिकेटको तीनै फम्र्याटमा खेल्छन् । उनलाई ग्रेड बी श्रेणीमा ३ करोड भारु वार्षिक अनुबन्ध र म्याच फिसका रूपमा दिइन्छ । उनले आईपीएलमा कोलकाता नाइट राइडर्सका क्याप्टेनका रूपमा प्रतिसिजन १२.२५ करोड भारु लिन्छन् ।

११. शुभमन गिल

भारतीय क्रिकेट खेलाडी शुुभमन गील सबै फर्म्याटका ब्याट्सम्यान हुन् । उनी अहिले ग्रेड बीमा छन् । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ३ करोड रुपैयाँ पाउँछन् । उनलाई आईपीएलमा गुजरात राइडर्सबाट प्रतिसिजन ८ करोड भारु दिइन्छ ।

१२. मोहम्मद सिराज

दाहिने हातका फास्ट बलर मोहम्मद सिराज टेस्ट म्याच र एक दिवसीय म्याचमा भारतीय बलरका रूपमा परिचित छन् । अहिले उनी ग्रेड बीमा छन् । उनलाई ३ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर्सबाट प्रतिसिजन उनले ७ करोड भारु लिन्छन् ।

१३. इसान किसन

भारतीय टिमका विकेट किपर तथा ब्याट्सम्यान इसान किसन जसले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी डबल सेन्चुरी बनाएर भारतको महत्वपूर्ण खेलाडीमा नाम सामेल गरेका छन् । उनले हालै वेस्टइन्डिजविरुद्ध डेब्यु गरेका थिए । इसान ग्रेड सीमा छन् । उनले म्याच फिसका रूपमा वार्षिक १ करोड भारु लिन्छन् । मुम्बई इन्डियन टिमबाट प्रतिसिजन १५.२५ करोड भारु दिइन्छ ।

१४. शार्दुल ठाकुर

भारतीय फास्ट बलर शार्दुल ठाकुर दाहिने हातका मध्यम फास्ट बलरका साथै दायाँ हाते ब्याट्सम्यान हुन्। महाराष्ट्रको पालघरमा जन्मेका शार्दुलले सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका थिए र हाल कोलकाता नाइट राइडर्सबाट खेल्छन् । भारतीय टेस्ट म्याच र एक दिवसीय म्याचका रेगुलर बलर हुन् उनी । २०२३ मा शार्दुलको ग्रेड सीबाट ग्रेड बीमा डेब्यु गरिएको थियो । ठाकुरलाई उनको अनुबन्ध र म्याच फिसका लागि वार्षिक १ करोड भारु दिइन्छ । उनी कोलकाता नाइट राइडर्सका पनि हिस्सा हुन् । जहाँ सिजनका लागि उनलाई १०.७५ करोड भारु दिइन्छ ।

१५. कुलदीप यादव

बायाँ हात स्पिनर बलर कुलदीप यादव भारत क्रिकेट काउन्सिल (बीसीसीआई) को सम्झौताअनुसार ग्रेड सीमा छन् । उनलाई अनुबन्धका रूपमा वर्षको १ करोड भारु दिइन्छ । आईपीएलमा उनलाई दिल्ली क्यापिटलबाट हरेक सिजन २ करोड भारु दिइन्छ । यसबाहेक उनले हरेक टास्क म्याचका लागि १५ लाख, एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि ६ लाख र टी ट्वान्टी म्याचका लागि ३ लाख भारु पारिश्रमिक लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.