विरेन्द्रनगरका वडाध्यक्ष रोकाय भन्छन् ‘नतिजा आएकै छैन, तर लोकसेवा आयोगमा पास भएको समाचार आयो’

<p>काठमाडौं । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देवबहादुर रोकायको आज एउटा समाचारपत्रमा लोकसेवा आयोगमार्फत अमिन पदमा नाम निस्किएको समाचार प्रकाशित भयो । समाचारको लिंक सेयर गरेर धेरैले वडाध्यक्ष रोकायालाई बिहानैदेखि बधाई दिन शुरु गरे । कतिपयले म्यासेज र फोनमार्फत बधाई दिए । रोकायले बधाईको ओइरो आएपछि लोकसेवा आयोगको सूचना हेर्दा भने नतिजा [&hellip;]</p>

काठमाडौं । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देवबहादुर रोकायको आज एउटा समाचारपत्रमा लोकसेवा आयोगमार्फत अमिन पदमा नाम निस्किएको समाचार प्रकाशित भयो । समाचारको लिंक सेयर गरेर धेरैले वडाध्यक्ष रोकायालाई बिहानैदेखि बधाई दिन शुरु गरे । कतिपयले म्यासेज र फोनमार्फत बधाई दिए । रोकायले बधाईको ओइरो आएपछि लोकसेवा आयोगको सूचना हेर्दा भने नतिजा प्रकाशित भएकै रहेनछ ।

वडाध्यक्ष रोकायले आफूले अमिन पदको लागि आयोगमा परीक्षा दिएको तर, परीक्षाको नतिजा नआउँदै पास भएको भनेर समाचार आएकोले आफू आश्चर्यमा परेको बताए । ‘लोकसेवाको फर्म भरेको हो, तर नतिजा नआउँदै समाचार बनाएछन्’, उनले भने, ‘समाचार बनाउनुअघि मलाई एकपटक सोधेको भए राम्रो हुन्थ्यो ।’

वडा अध्यक्ष रोकाय कक्षा १२ पास गरेर स्नातक तहमा अध्ययन गर्दैछन् । आफ्नो पढाइमा निरन्तरता होस् भन्ने हिसाबले आयोगको परीक्षा पनि दिएको उनले बताए । राजनीतिमा अनिश्चितता भएकोले पढाइलाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ । समाचारमा लेखिएझैं पास भएको नतिजा आएपनि तत्काल जनप्रतिनिधिको जिम्मेवारी नछाड्ने भन्दै अध्यक्ष रोकायले बताएका छन् ।

‘देशको राजनीति यस्तो छ, मैले आफ्नो पढाइलाई निरन्तरता दिने क्रममा लोकसेवा आयोगमा पनि फर्म भरेको हुँ’, उनले भने, ‘तर, नतिजा जे आएपनि पाँच वर्षलाई जिम्मेवारी छाड्दिन ।

Share News