आशा लघुवित्तको निमित्त सीईओमा दुलाल, लोहनीको राजीनामा स्वीकृत

  २०८० मंसिर १ गते ११:४५     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

लघुवित्तको सीईओ जया लोहनीले स्वास्थ्यको कारण देखाई राजीनामा दिएपछि दुलालले निमित्त सीईओको जिम्मेवारी पाएको जनाएको छ । साथै, सीईओ लोहनीले दिएको राजीनामा सञ्चालक समितिले कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिइसकेको छ ।

निमित्त सीईओ दुलाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त लगायतका संस्थामा काम गरिसकेका दुलाल यसअघि आशा लघुवित्तको सीईओ समेत भएर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.