लोकसेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी

  २०८० मंसिर १ गते ७:५५     विकासन्युज

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी मागेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो । आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्ने भएको हो ।

आयोगका अनुसार उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १९ गतेभित्र आवेदन दिन आयोगले आह्वान गरेको हो । आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.