सेल्सबेरी ३०औं बर्ष पुरा गरेको उपलक्ष्यमा १० देखि ३० प्रतिशतसम्म छुट अफर

  २०८० कार्तिक २७ गते १२:१४     विकासन्युज

काठमाडौं । सेवा सुरु गरेको ३०औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ । यस सुखद अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।

यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ । संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.