२०८० कार्तिक २६ गते १५:०३ विकासन्युज
काठमाण्डौं । ‘रक्तदान नियमित काम’ ! मूल नाराका साथ नेपाल शेयरहोल्डर अलायन्सद्वारा तिहार, नेपाल सम्वत् ११४४ र वर्तमान अवस्थामा भइरहेको रगतको अभावलाई मध्य नजर राख्दै ‘आकस्मिक रक्तदान’ तथा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम कात्र्तिक २४ गते शुक्रबार झीगु इच्छुमती खलः, काठमाण्डौं वडा नं. २८ मा सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र राष्ट्रिय रक्त नायक र रक्त सम्राट उपाधिबाट बिभूषित, नेपालका सर्वाधिक १७६ औं पटक रक्तदान गरिसक्नुभएका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रथम रक्तदाता सुजन थापालाई रगतको ब्याग हस्तान्तर गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । नेपाल शेयरहोल्डर अलायन्सका का.वा. अध्यक्ष लवराज जोशीले सभापतित्व गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव उत्सव सुन्दर श्रेष्ठले गरेका थियो भने कार्यक्रमको पूर्ण संयोजन संस्थाका कोषाध्यक्ष देवेन्द्र राईले गरेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.