चार करोडमा बिक्यो माइकल ज्याक्सनको चर्चित ज्याकेट

  २०८० कार्तिक २६ गते १२:५०     विकासन्युज

एजेन्सी । दिवङ्गत भइसकेका गायक माइकल ज्याक्सनले लगाएको ज्याकेट चार करोड रुपैयाँमा बिक्री भएको छ । सन् १९८० को दशकमा माइकलले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब चार करोड नेपाली रुपैयाँमा बिक्री भएको हो ।

उनको निधनको कैयौँ वर्षपछि उक्त ज्याकेट लिलामीमा राखिएको थियो । शुक्रवार लन्डनमा लिलामीमा राखिएका २०० भन्दा बढी साङ्गीतिक क्षेत्रका यादगार वस्तुहरूमध्येमा यो ज्याकेट पनि थियो । माइकल ज्याक्सन सहित गायक डेभिड बोवी, ओएसिस एन्ड द बिटल्स लगायतका साङ्गीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो ।

कालो र सेतो रङ्गको देखिने उक्त ज्याकेट लगाएर हाल दिवङ्गत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.