एभरेष्ट बैंकको अध्यक्ष बने डा.बालगोपाल बैद्य

  २०८० कार्तिक २४ गते १२:५२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले बैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।

पूर्व अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो ।

साथै, नवनियुक्त अध्यक्ष बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएको बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिए ।

काठमाडौंको सितापाइलास्थित घर भएका बैद्यले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उनी हाल अनुसन्धानको क्षेत्रमा संलग्न न्यू इरा नामक संस्थासँग आवद्घ छन् ।

बैद्य बैंकको संस्थापक होटेल स्नो लायन प्रा.लि.को प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.