भारतमा टेस्ला कारकाे व्यापार सुरु गर्ने एलन मस्कको घोषणा

  २०८० कार्तिक २४ गते ११:०१     विकासन्युज

एजेन्सी । संसारकै सबैभन्दा धनी तथा टेस्ला इंकका मालिक ए लन मस्कले छिट्टै भारतमा आफ्नो व्यापार सुरु गर्ने घोषणा गरेका छन् ।

टेस्लाका मालिक मस्कले अर्को हप्ता भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेट गर्ने भएका छन् । यो भेट अमेरिकामा हुन सक्ने बताइएको छ ।

यस बैठकका माध्यमबाट यो सुनिश्चित गर्न सकिन्छ कि भारतमा टेस्लाको सञ्चालनलाई द्रुतरूपमा स्वीकृत गर्ने प्रयासहरू भइरहेका छन् । भारतीय वाणिज्यमन्त्री गोयल अर्को साता अमेरिका जाँदैछन् जहाँ उनले टेस्लाका मालिक मस्कलाई भेट्ने बताइएको छ ।

दक्षिण एसियाली बजार विश्वका कार निर्माताहरूका लागि आकर्षणको केन्द्र हो र मस्क जतिसक्दो चाँडो भारतमा टेस्ला कार बेच्न चाहन्छन्। गत जुनमा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आफू भारतमा ठूलो लगानी गर्न तयार रहेको बताएका थिए ।

मस्क र गोयलबीचको हुने छलफलमा भारतमा टेस्लाको २४ हजार डलर मूल्यका कार उत्पादन गर्न सकिने कारखाना खोल्ने योजनाबारे कुराकानी हुने बताइएको छ ।

मस्क अब भारतीय कम्पनीहरूबाट टेस्ला कारका लागि अधिक कम्पोनेन्ट किन्न तयार छन् र देशभरि चार्जिङ स्टेसन स्थापना गर्न कोसिस गर्दैछन् ।

यस विषयमा सरकारी तहका अधिकारीहरूले जानकारी दिएका छन् । बैठकमा भारत सरकारको नयाँ विद्युतीय सवारी नीतिबारे पनि छलफल हुनेछ ।

भारत सरकारले विश्वका विद्युतीय कार कम्पनीहरूलाई पूर्णरूपमा निर्मित कार भारतमा १५ प्रतिशतको संशोधित भन्सार शुल्कमा आयात गर्न अनुमति दिन सक्ने छ ।

अहिले भारतमा पूर्णरूपमा निर्मित विद्युतीय कार आयात गर्दा सतप्रतिशत महसुल तिर्नुपर्छ । भारत सरकार यस मामिलामा कार निर्माताहरूलाई राहत दिने मूडमा छ ।

अमेरिकी कार निर्माता कम्पनी टेस्लाले भारतमा कारखाना खोल्ने तयारी गरे पनि पूर्णविद्युतीय सवारीसाधन आयातमा उच्च करका कारण अहिलेसम्म काम सुरु गर्न सकेको छैन ।

गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले नयाँ विद्युतीय सवारी नीतिका सम्बन्धमा धेरै मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.