विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)

  २०८० कार्तिक २४ गते ७:४७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो ।

प्राधिकरणका अनुसार दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ ।

३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन भर्नका लागि प्राधिकरणको वेभसाइटमा गएर अनलाइन फाराम भर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.