नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न क्रिकेट संघसँग डिशहोमको साझेदारी

  २०८० कार्तिक १७ गते १२:०५     विकासन्युज

काठमाडौं । टि२० विश्वकप एशिया छनोटमा नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न नेपाल क्रिकेट संघसँग डिशहोम फाईवरनेटको साझेदारी गरेको छ ।

डिश मिडिया नेटवर्क (डिशहोम फाईवरनेट), ले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको हो।

डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन् । चलिरहेको टि२० विश्वकप एशिया छनोटको ठूलो महत्व छ, र डिशहोम फाईवरनेट को सहयोगमा, टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् कि भन्ने कम्पनीले आशा गरेको छ ।

डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष श्री रमेश सापकोटाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.