डिशहोममा दशैं स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा ४ नि:शुल्क हेर्न सकिने

  २०८० कार्तिक १ गते १२:१८     विकासन्युज

काठमाडौं । डिशहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ नि:शुल्क हेर्न सकिने भएको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ ।

यो चाडवाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ । डिशहोमको सबै एक्टिभ ग्राहकहरुले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र नि:शुल्क हेर्न सक्नेछन् । यस्तै दशै मुभि फेस्ट अन्तर्गत घटस्थापना देखि रमाईलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।

डिशहोमको यो प्रयासले सपरिवार संगै वसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.