भ्रममा बाँचेका नेपाली जसले कपाल काट्दा तिर्छन ८६२४ रुपैयाँ

  २०८० असोज २० गते १९:५९     विकासन्युज

काठमाडौँ । हरेक पुरुषलाई ढेड दुई महिनामा नियमित कपाल काट्नै पर्छ । नेपाली मात्र होइन, केही अपवाद बाहेक विश्वभर नै पुरुषले नियमित कपाल सैलुनमा गएर काट्छन्, छोट्याउँछन् ।

नेपालमा सामान्य सैलुनमा पुरुषको कमाल काट्दा १५० रुपैयाँ लाग्छ । दरवारमार्ग वा कमलादीमा खुलेको धेरै महँगा सैलुनहरुले पनि पुरुषको कपाल काटेको बढीमा १ हजार रुपैयाँ लिने गरेका छन् । अन्य कस्मेटिक बस्तु उपभोग गरेबाफत भने अतिरिक्त मूल्य पनि पर्छ ।

कपाल काट्दा विश्वमा सबैभन्दा बढी मूल्य तिर्नु पर्ने पनि नर्वेमा नै हो । वल्ड अफ स्ट्याटिक्सका अनुसार नर्वेमा एक जना पुरुषले कपाल काट्दा ६४ अमेरिकी डलर तिर्नुपर्छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार ८ हजार ६२४ रुपैयाँ हुन जान्छ ।

वल्ड अफ स्ट्याटिक्सका अनुसार कपाल काट्दा दोस्रो महँगो देश जापान हो, जहाँ ५६ अमेरिकी डलर तिर्नुपर्छ । तेस्रो महँगो देश डेनमार्क हो जहाँ ४८.२१ डलर तिर्नुपर्छ ।

त्यस्तै, स्वीडेनमा ४६.१३ डलर, अस्ट्रेलियामा ४६ डलर, अमेरिकामा ४४ डलर, स्वीजरल्याण्डमा ४२.९६ डलर, फ्रान्समा ३७.०५ डलर र क्यानडामा २४.२८ अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, ब्राजिलमा ८.६७ डलर, भारतमा ५.२९ डलर पर्छ भने नेपालमा १.१३ डलर पर्छ ।

नेपालीहरु विदेशमा काम गर्छन, डलरमा कमाउँछन् र नेपाली रुपैयाँसँग तुलना गर्छन । अमेरिकामा काम गर्ने नेपालीले महिनामा ५ हजार डलर कमाउँछ । तर, तुलना गर्छ नेपाली रुपैयाँसँग र घरमा बुवा, आमा वा साथीभाईलाई सुनाउँछ ‘मासिक ६ लाख ६० हजार भन्दा बढी कमाउँछु ।’

तर अमेरिकामा एक मुठा साग किन्दा ५ डलर (६६० रुपैयाँ) खर्च गर्नु परेको, कपाल काट्दा ४४ डलर (५ हजार ८०० रुपैयाँ) तिर्नु परेको, कोठाभाडा १५०० डलर (१ लाख ९८ हजार रुपयाँ) तिर्नु परेको सुनाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.