ईपीजीको प्रतिवेदन एकतर्फी भएपनि सरकारले ग्रहण गर्नुपर्छ : सूर्यनाथ उपाध्याय

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रवुद्ध व्यक्ति समूह (इपीजी)ले बुझाएको प्रतिवेदन नेपाल सरकारले ग्रहण गर्नुपर्ने बताए । इपीजीका सदस्य समेत रहेका उनले भारतले स्वीकार गर्न मानेन भन्दैमा सो प्रतिवेदन नेपालले पनि स्वीकार नगर्ने काम गर्न नहुने बताएका हुन् । बुधवार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रवुद्ध व्यक्ति समूह (इपीजी)ले बुझाएको प्रतिवेदन नेपाल सरकारले ग्रहण गर्नुपर्ने बताए । इपीजीका सदस्य समेत रहेका उनले भारतले स्वीकार गर्न मानेन भन्दैमा सो प्रतिवेदन नेपालले पनि स्वीकार नगर्ने काम गर्न नहुने बताएका हुन् ।

बुधवार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले सो प्रतिवेदन ग्रहण गरेर दुई मुलुकबीचमा देखिएको सबै समस्या समाधान हुने दाबी समेत गरे । दुई मुलुकबीचको खुला सीमाका कारण नेपालको राष्ट्रियतानै धरापमा पर्ने अवस्था आएको औंल्याउँदै उनले त्यसको निराकरण गर्नका लागि पनि नेपाल सरकारले सो प्रतिवेदन एकतर्फी रुपमा ग्रहण गरेर भएपनि दुई मुलुकबीच देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।

उपाध्यायले देशको सुरक्षामाथि गम्भिर चुनौतिहरु देखा परिरहेकाले पनि भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउन नेपाल सरकार लाग्नुपर्ने बताए ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७२ साल फागुन ७ गते दुई मुलुकबीचको सबै समस्या समाधान गर्ने ध्येयका साथ सो प्रवुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरेको थियो ।

Share News