इन्जिनियरिङकाे प्रवेश परीक्षा अनिश्चित

  २०८० असोज १७ गते १६:१६     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको विभिन्न कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न तय गरेको प्रवेश परीक्षा अनिश्चित भएको छ । अध्ययन संस्थानअन्तर्गत परीक्षा बोर्डका अध्यक्ष सहितका सदस्य र सल्लाहकारहरुले परीक्षा गराउन नसकिने भन्दै राजीनामा दिएपछि २२ गतेको लागि तोकिएको प्रवेश परीक्षा अनिश्चित भएको हो ।

प्रवेश परीक्षाको लागि १९ गतेसम्म फाराम भर्ने र २२ गतेदेखि परीक्षा सञ्चालन गर्न नसकिने भन्दै बोर्डका पदाधिकारीहरुले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

पदाधिकारीहरुले राजीनामा दिएपछि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले सूचना निकालेर अर्को सूचना प्रकाशन नभए सम्मका लागि प्रवेश परीक्षा स्थगित भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.