दुर्गमका जिल्लामा सुपथ मूल्यसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन निर्देशन

<p>काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लामा सुपथ मूल्यका पसलसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले देशका दुर्गम र हिमाली जिल्लाहरुमा सुपथ मूल्यका पसलहरु सञ्चालन गर्न उद्यदोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । हाल विभिन्न ४८ स्थानमा सञ्चालन भएका [&hellip;]</p>

काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लामा सुपथ मूल्यका पसलसँगै अत्यावश्यक बस्तुहरु पुर्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले देशका दुर्गम र हिमाली जिल्लाहरुमा सुपथ मूल्यका पसलहरु सञ्चालन गर्न उद्यदोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

हाल विभिन्न ४८ स्थानमा सञ्चालन भएका सुपथ मुल्य पसलसँगै देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा समेत थप गरी त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने बातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिईएको समितिका सभापति अब्दुल खांनले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले सुपथ मूल्यका पसलसँगै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चिनी, चामल लगायतका अत्यावश्यक वस्तुहरुको पर्याप्त व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तैगरी समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिदैं उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै, बुधबारको बैठकमा सुपारी निकासीका सम्बन्धमा समेत छलफल भएको थियो ।

Share News