सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक अफर

<p>काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना ल्याएको छ । सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म लागू हुने छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना ल्याएको छ ।

सानिमा बैंक र फोनपेको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, विजुलीको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टर्नेटको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Share News