
काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताले कुल पुँजी ५० करोड सम्म लगानी गर्न पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा तोकेको हो ।
विदेशी लगानीकर्ताहरुले स्वचालित मार्गबाट कुन–कुन क्षेत्रमा लगानी गर्न पाउने भन्ने विषयमा पनि राजपत्रमा प्रकाशित गरिएको छ । सूचनाअनुसार विदेशी लगानीकर्ताहरुले स्वचालित मार्गबाट उर्जामूलक उद्योग क्षेत्र, कृषि तथा वन पैदावार क्षेत्र, पूर्वाधार क्षेत्र, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योगमा लगानी गर्न सक्नेछन् ।
साथै, तोकिएका व्यवसायिक तथा औद्योगिक क्षेत्रको पनि कुन मुख्य क्षेत्रमा लगानी गर्न पाउने भनेर राजपत्रको सूचनामा तोकिएको छ ।
[pdf id=439956]