शिव श्री हाइड्रोले हकप्रद निष्कासन गर्ने, पारित गर्न बोलायो साधारण सभा

<p>काठमाडौं । शिव श्री हाइड्रोपावरले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बसुन्धरा काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरिक्षक नियुक्त र [&hellip;]</p>

काठमाडौं । शिव श्री हाइड्रोपावरले असोज २५ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बसुन्धरा काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर विक्री गर्न लागेको हो । साथै, सभाले कम्पनीको ठेगाना परिवर्तन गर्ने विषय पनि सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

Share News