नेपालले भोलि भारतसँग खेल्दै, यस कारण जित्न सक्छ नेपाल

  २०८० असोज १५ गते १०:५१     विकासन्युज

काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको हो ।

सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान हुनेछ । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो ।

पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो ।

यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । समूह चरणमा नेपालले मंगोलियालाई २७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । त्यसैले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सक्ने ठूलो सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.