दोलखाबाट ४ किलो सुन बरामद

<p>काठमाडौं । दोलखाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको जनाएको छ । दोलखाबाट प्रहरीले केही दिनअघि ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ [&hellip;]</p>

काठमाडौं । दोलखाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले बिगु गाउँपालिका–१, लामबगरबाट सुन बरामद भएको जनाएको छ ।

दोलखाबाट प्रहरीले केही दिनअघि ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।

प्रहरीका अनुसार यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

Share News