सिटिजन लाइफको पहिलो दिन : कारोबार सर्वाधिक, सेयर मूल्य कति ?

<p>काठमाडौं । दोश्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबार कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कारोबारमात्रै नभई कारोबार संख्या र सेयर संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा छ । [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा प्रवेश गरेको पहिलो दिनमै सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन आइतबार कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कारोबारमात्रै नभई कारोबार संख्या र सेयर संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा छ । कम्पनीको कूल ३ लाख १८ हजार ७२४ कित्ता सेयर कूल २४ हजार ५६७ पटकमा किनबेच भएको छ ।

यता कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । पहिलो कारोबार ५०८ रुपैयाँमा कम्पनीको सेयर दिनभरमा घटेर प्रतिकित्ता ४५७.२० रुपैयाँमा झरेको छ । जुन रकमको आधारमा ५०.८० रुपैयाँले घटी हो ।

समग्रमा आइतबारको सेयर बजार ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा झरेको छ । जुन गत बुधबारको तुलनामा १.६५ प्रतिशतले घटी हो ।
बजारमा एक अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भने गत बुधबारको तुलनामा बढी हो । गत बुधबारको बजारमा एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । घटेकामध्ये पनि १० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Share News