तीन वर्षमा तपाईंको भान्सामा रहेको ग्यासको मूल्य कति बढ्यो ?

  २०८० असोज १४ गते १४:५८     विकासन्युज

काठमाडौं । नेपाल आयले निगमले शनिबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदाथर्का मूल्य बढाउसँगै व्यापक आलोचना भयो । चाडपर्वको समयमा निगमले पेट्रोलियम पदार्थ, ग्यास र हवाई इनधनको मूल्य बढाएको भन्दै चौतर्फी आलोचना भयो ।

निगमले एलपी ग्यासको मूल्य २१५ रुपैयाँले बढाएर २१ सय १० रुपैयाँ कायम गर्यो । जुन हालसम्मकै दोस्रो बढी मूल्यवृद्धि हो । यसअघि एलपी ग्यासमा निगमले २३५ रुपैयाँको मूल्यवृद्धि गरेको थियो ।

चाडपर्वकै समयमा इनधन तथा डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको भन्दै सरकारको आलोचना भएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धिको निर्णय फिर्ता लिएको बताएको छ । सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको बताएको छ । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ ।

आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अर्थात अब उपभोक्ताले पुरानै मूल्यमा किन्न पाउने उनको भनाइ छ ।

निगमले ग्यासको मूल्य बढाएर वर्षेनी जनताको भान्सा महँगो बनाइरहेको छ । तीत वर्षअघि १३ सयको हाराहारीमा रहेको ग्यासको मूल्य आजका दिनसम्म आइपुग्दा २११० रुपैयाँ पुगेको छ ।

यसअघि सर्वसाधारणले प्रतिसिलिण्डर १८९५ रुपैयाँमा खरिद गर्न पाउँथे । ती वर्षको अवधिमा ग्यासको मूल्य १३ पटक बढेको छ । लामो समय १८ सय रुपैयाँ कायम रहेको ग्यासको मूल्य त्यसपछि बढाएर १८९५ रुपैयाँ पुर्याइएको थियो । १४ को घटबढमा ग्यासको मूल्य १८ सयको हाराहारीमा थियो ।

यस्तै, सिलिण्डरको मूल्य सात पटक १५७५ कायम भएको देखिन्छ । चार महिना १५७५ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । २०७७ माघदेखि २०७८ असारसम्म १४०० रुपैयाँ मूल्य कायम भएको देखिन्छ । यस्तै, १४ पटक सम्मको मूल्य घटबढमा प्रतिसिलिण्डर १३७५ रुपैयाँ नै कायम भएको निगमको तथ्यांकले देखाउँछ । तीन वर्षको अवधिमा सिलिण्डरको मूल्य ५६.२९ प्रतिशत वृद्धि भएको देखिन्छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार राति १२ बजेदेखि मूल्यवृद्धि फिर्ता हुने बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘सरकारबाट मूल्यवृद्धि फिर्ता गर्न निर्देशन आएको छ, निगमले पनि आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्छ, सरकारले स्थिरिकरण कोष र निगमले बुझाउनु पर्ने रकमबाट समायोजन हुने गरी मूल्यवृद्धि फिर्ता लिन आदेश दिएको छ,’ उनले भने ।

एनका अनुसार हाल निगमको मूल्य स्थिरिकरण कोषमा पैसा छैन भने निगमले सरकारलाई दिनु पर्ने रकम २ अर्ब १० करोड छ । सोही रकमबाट यो मूल्यवृद्धिलाई समायोजन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.