डाक्टर र सरकारबीच सहमति भएको भोलिपल्टै कुटिए डाक्टर, दुई जना गिरफ्तार

<p>काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कुटिएको विषयलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकार बीचमा आन्दोलनको पाँचौ दिनमा ६ बुँदे सहमति भयो । तर, सहमति भएको भोलिपल्टै आइतबार फेरि काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न गरिरहेका चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने गुल्मीका २२ वर्षीय [&hellip;]</p>

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कुटिएको विषयलाई लिएर आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकार बीचमा आन्दोलनको पाँचौ दिनमा ६ बुँदे सहमति भयो । तर, सहमति भएको भोलिपल्टै आइतबार फेरि काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न गरिरहेका चिकित्सकमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

प्रहरीले चिकित्सकमाथि हातपात गर्ने गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरिसकेको छ । कलेजको नेफ्रोलोजी ओपिडीमा बिरामी लिएर आएका पक्राउ परेका गौतमहरुले डाक्टरको नाम लिएर बिरामीलाई देखाउन खोजेका थिए भने, भिड भएका कारण उनीहरुलाई चिकित्सकले एकछिन बाहिर रहन भन्दा कुटपिट भएको पाइएको छ ।

Share News