सरकारलाई तिर्नु पर्ने पैसाबाट निगमले मूल्य समायोजन गर्ने, १२ बजेदेखि मूल्यवृद्धि फिर्ता

<p>काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने भन्दै बढाइएको मूल्य आइतबार रातिदेखि फिर्ता हुने भएको हो । यससँगै अब पेट्रोल, डिजेल, ग्यास लगायत हवाइ इन्धन पुरानै मूल्यमा पाएने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम निगमले [&hellip;]</p>

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागू हुने भएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने भन्दै बढाइएको मूल्य आइतबार रातिदेखि फिर्ता हुने भएको हो ।

यससँगै अब पेट्रोल, डिजेल, ग्यास लगायत हवाइ इन्धन पुरानै मूल्यमा पाएने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम निगमले स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी मूल्यवृद्धि फिर्ता गरेको निगमको भनाई छ । साथै, नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी र्फिता लिइएको समेत निगमको भनाई छ ।

‘हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२ः०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको छ,’ निगमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले पनि आइतबार राति १२ बजेदेखि मूल्यवृद्धि फिर्ता हुने बताए । उनका अनुसार सञ्चालक समितिको बैठकले मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘सरकारबाट मूल्यवृद्धि फिर्ता गर्न निर्देशन आएको छ, निगमले पनि आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्छ, सरकारले स्थिरिकरण कोष र निगमले बुझाउनु पर्ने रकमबाट समायोजन हुने गरी मूल्यवृद्धि फिर्ता लिन आदेश दिएको छ,’ उनले भने ।

एनका अनुसार हाल निगमको मूल्य स्थिरिकरण कोषमा पैसा छैन भने निगमले सरकारलाई दिनु पर्ने रकम २ अर्ब १० करोड छ । सोही रकमबाट यो मूल्यवृद्धिलाई समायोजन गरिनेछ ।

Share News