चौतर्फी दबाबपछि फिर्ता भयो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

<p>काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ । आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा [&hellip;]</p>

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी बढाएको ग्याँससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

यसका लागि सरकारले निगमलाई निर्देशन दिइसकेको छ । आयल निगम संचालक समितिको बैठकले पनि बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् । अर्थात अब उपभोक्ताले पुरानै मूल्यमा किन्न पाउने भएका छन्  ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएर दबाब आएपछि सरकारले निगमलाई फिर्ता लिन निर्देशन दिएको हो ।

Share News