काठमाडौं । काठमाडौंको तिनकुनेस्थित मोटरसाइकल बागमती नदीमा खसेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मोटरसाइकल नदीमा खस्दा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको छ । उनी मोटरसाइकल पछाडी सवार थिए ।
त्यस्तै, मोटरसाइकल चालकलाई भने उद्धार गरेर अस्पताल पठाइएको छ ।
बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा-०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको हो ।