रास्वपाद्धारा मूल्यवृद्धिको विरोध, बहिस्कार गर्यो प्रधानमन्त्रीसँगको बैठक

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले गरेको मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीका सभापति रवि रामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै चर्को मूल्यवृद्धिको विरोध गरेका हुन् । साथै, यसको विरोधस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका बैठक बहिस्कार गर्ने रास्वपाको निर्णय छ । &#8216;चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दिप्रति हाम्रो गम्भीर आपत्ति [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले गरेको मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीका सभापति रवि रामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै चर्को मूल्यवृद्धिको विरोध गरेका हुन् ।

साथै, यसको विरोधस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका बैठक बहिस्कार गर्ने रास्वपाको निर्णय छ ।

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दिप्रति हाम्रो गम्भीर आपत्ति छ, यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौं, थप कार्यक्रम बारे जानकारी दिनेछौं,’ उनले लेखेका छन् ।

Share News